Logo

बझाङमा कांग्रेसलाई पछि पार्दै एमालेका भण्डारीले लिए अग्रता



काठमाडौं,१७ वैशाख । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर परिरहेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले झिना अग्रता लिएका छन् ।

भर्खरै प्राप्त मत परिणाम अनुसार भण्डारीले ९८८९ मत पाउँदा कांग्रेसका अभिषेक सिंहले ९८८० मत पाएका छन् । उनीहरुबीचको मतान्तर जम्मा ९ रहेको छ ।

हिले तलकोट गाउँपालिका भइरहेको मतगणना पछि एमाले लिड गरेको हो । तलकोट गाउँपालिकामा अध्यक्ष उपाध्यक्षदेखि एउटाबाहेक सबै वडामा स्थानीय तहमा एमाले विजयी भएको छ । यहाँ ७ वडा छन् । ४ नम्बर वडा बाहेक अन्य सबै वडामा एमालेले जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot