Logo

यू-१९ भलिबल प्रतियोगिता: नेपाल फाइनलमा प्रवेश



काठमाडौं । बंगलादेशमा जारी अन्डर-१९ भलिबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमीफाइनल खेलमा नेपाली टिमले बंगलादेशको बी टिम लाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

नेपालले बैगलादेशलाई २५-१६ ,२५-२१ ,२५-२१० पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

राजधानी ढाकामा जारी प्रतियोगितामा नेपाली टोलीको यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

नेपाली टोलीमा इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छन् ।

त्यसैगरि टिम व्यवस्थापनमा उत्सव खड्का प्रशिक्षक, जनक बहादुर खड्का सहायक प्रशिक्षक र दीपक थापा म्यानेजर रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot