Logo

इलाममा निरन्तर अग्रता फराकिलो बनाउँदै सुहाङ, घण्टीका उम्मेदवारको के छ अवस्था ?



काठमाडौं,१७ वैशाख। इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् । भर्खरै प्राप्त विवरण अनुसार सुहाङले १६ हजार मत कटाएका छन् । उनले १६ हजार ९४४ मत पाएका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ११ हजार २७१ मत पाएका छन् । सुहाङ खड्काभन्दा ५ हजार ६७३ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ९०४४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले २८०३ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot