Logo

तीन दर्जन बढीले नेसपा रोजेपछि बाबुराम उत्साहित



काठमाडौं, १७ वैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) यतिबेला संगठन निर्माण तथा विस्तार अभियानमा लागेको छ। सोही सिलसिलामा आज विराटनगरमा ‘नेसपा १ नं प्रदेशको अभिमुखीकरण कार्यक्रम’ मार्फत तीन दर्जन बढी मानिसहरू प्रवेश गरेका छन्।
पार्टीमा पछिल्लो समय आकर्षण बढ्दै गएको र विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा स्वतन्त्र मानिसहरू प्रवेश गर्नेक्रम जारी रहेको बताइएको छ ।

नवप्रवेशीलाई नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई पार्टीमा स्वागत गरेका थिए । भट्टराईले उनीहरू सबैलाई पार्टीको संगठन विस्तारमा लाग्न आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै डा।भट्टराईले देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइवी, धोकाधडीको रूपमा नभएर अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझ्नुपर्ने बताए।

पुरानै गाडीलाई डेन्टिङपेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइनसहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस भएको उनको भनाइ थियो।

साथै, अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गर्नुपर्ने बताउँदै एकता, संघर्ष र रूपान्तरणको विधि अनुशरण गर्न बिर्सन नहुने बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot