Logo

उपनिर्वाचनमा कांग्रेस: जोगियो जमानत, जोगिएन् पुरानो मत



काठमाडौं,१८ वैशाख । गत शनिबार भएको इलाम-२ को प्रतिनिध सभा र बझाङ १ को प्रदेश सभाको उपनिर्वाचनको मतगनणा सकिएको छ ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त रहेका यी स्थानहरूमा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन भएको हो ।

रिक्त यी दुबै स्थानमा नेकपा एमाले विजयी भएको छ । भने दुवै स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटतम प्रतिस्पर्धी बनेको छ । इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा अन्य उम्मेदवारले भने जमानत पनि जोगाउन सकेनन् ।

उता बझाङ प्रदेशसभा १ मा पनि एमालेकै उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भए । उनले कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई पराजित गरेका हुन् । अभिषेक ११ हजार ३४६ मत ल्याएर पराजित बन्दा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ३ हजार ८३१ मत पाए । यसबाहेक सो क्षेत्रमा अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन् ।

बझाङमा गत र्वा कांग्रेसले जितेको थियो । तर, सडक दुर्घटनामा परेर सिंहको निधन भएपछ उनकै छोरालाई उम्मेदवार बनाईएको थियो । बझाङमा गत वर्ष पृथ्वीले १७११२ मत पाउँद्या पराजित भएका एमालेका ओफिलाल अखेडाले १३३३६ मत पाएका थिए । उता इलाममा पनि गत साल विजयी नेम्वाङले ३००२० मता पाउँदा थोरै मतले पराजित खड्काले २९९४२ मत ल्याएका थिए ।

उपनिर्वाचन भएका दुवै स्थानमा दोस्रो हुँदै जमानत सुरक्षित गरेपनि गत वर्ष पाएको मत भने कांग्रेसले जोगाउन सकेन् । यद्यपि गत वर्ष कांग्रेसलाई ५ दलीय गठबन्धनको साथ थियो भने यसपटक एक्लै निर्वाचनमा होमिएको थियो ।



प्रतिक्रिया दिनुहोस्