Logo

उपनिर्वाचनमा ‘क्लिन स्वीप’गरेपछि कानुनमन्त्री भन्छन्: एमालेको विकल्प छैन् भन्ने पुष्टि भयो



काठमाडौं,१८ वैशाख । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशमा फेरि एकपटक एकालेको विकल्प छैन् भन्ने कुरा पुष्टि भएको बताएका छन् ।

मंगलबार बिहान सभामुख देवराज घिमिरेसँगको छलफलपछि बाहिरिनेक्रममा मन्त्री गिरीले इलाम २ र बझाङ प्रदेश सभाको उपनिर्वाचनबाट प्राप्त मतले एमालेको विकल्प नभएको पुष्टि गरेको जिकिर गरेका हुन् ।

‘इलाम र बझाङको निर्वाचनले फेरि एकपटक हाम्रो एजेण्डालाई पुष्टि गर्यो । समृद्ध नेपाल सुखी नेपालीको एजेण्डालाई दुवै क्षेत्रले अनुमोदन गर्यो’ उनले भने ‘उपनिर्वाचनको परीणामले हामस्लाई उत्साह थपेको छ । आगामी निर्वाचनमा पार्टीले राखेको लक्ष्यलाई पुरा गर्न सहयोग गरेको छ’ ।

मन्त्री गिरीले इलाममा सत्ता गठबन्धनमा आवद्ध दलहरुको पनि उल्लेख्य साथ पाएको बताएका छन् । इलाम २ को निर्वाचनमा एमालेलाई नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन थियो भने बझाङमा एमाले एक्लै मैदानमा उत्रिएको थियो ।

मंगलबार बिहान सम्पन्न भएको इलाम २ को मतगणना अनुसार एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले २७ हजार ७७७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का ५ हजार ८ सय भन्दा बढीको मतान्तरले पराजित भएका छन् । उता बझाङमा पनि एमालेका दमन भण्डारी २६६ मतले विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot