Logo

सुहाङलाई बधाई दिँदै मिलनले भने: तपाईँको जित समग्र इलामेली जनताको जितमा रूपान्तरण होस्



काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनबाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङलाई रास्वपाका उम्मेदवार मिलन लिम्बुले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

आज बिहान सकिएको मतगणनामा सुहाङले २७हजार ७७३ मत ल्याउँदा मिलनले ५०५० मत ल्याएर चौथो भएका थिए । सुहाङलाई भेटेर मिलनले आफूहरुबीचको प्रतिस्पर्धा केबल व्यक्तिको नभएको पनि उल्लेख गरेका छन् ।

‘एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ। हाम्रो प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबिचको नभएर इलाम र इलामेली जताको पक्षमा काम गर्ने सन्दर्भमा थियो’, मिलनले भने, ‘तपाईँको जित तपाईँ अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना।’



प्रतिक्रिया दिनुहोस्

Screenshot