Logo

निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गर्न २५ स्वाथ्यकर्मीसहित सांसद डा.सुनिल शर्मा कर्णालीको हुम्लामा



काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा यतिबेला निःशुल्क स्वाथ्य शिविर सञ्चालनका लागि सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगिरहेका छन् । डा. शर्माले गत वैशाख १३ गते डोटीको दिपालयमा, १५ गते बाजुराको तिलिचौरमा र १७ गते हुम्लाको सर्केघाटमा निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेका थिए ।

डा. शर्माले आजको शिविरमा १७०० ले प्रत्यक्ष लाभ लिएको जनाए । जसमध्ये १४७ जनालाई ठूलो शल्यक्रियाको लागि काठमाडौंस्थित् केएमसी अस्पाल रिफर गरिएको छ । दूरदराजमा यसरी विशेषज्ञसहितको स्वास्थ्य परीक्षणको सुविधा पाएको भन्दै स्थानीयहरुले खुशी व्यक्त गर्दै डा. सुनिल शर्माप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनीहरुले सुनिल शर्माजस्तो समाजसेवा सबैले गर्नसके देशका विपन्न नागरिकले अकालमै ज्यान गुमाउन नपर्ने पनि धारणा राखेका थिए ।

त्यसैगरी, आगामी वैशाख १९ गते मुगुको गम्गडीमा र २१ गते जुम्ला र कालिकोटको बोर्डर नाम्मामा स्वास्थ्य शिविर सञ्चालन हुने बताइएको छ । पैसाको अभावमा दूरदराजका नागरिकले उपचारबाट बञ्चित हुन नपरोस् भनेर स्वाथ्य शिविर सञ्चालन गरिएको डा.शर्माले बताए । उनले त्यहाँ सम्भव भएको उपचार त्यही गरिने र त्यहाँ सम्भव नभएको उपचार काठमाडौं ल्याएर काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिने सांसद शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot