Logo

पूर्वमन्त्री दलजीत श्रीपालीलाई पुत्री शोक



काठमाडौं, १८ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीलाई पुत्री शोक परेको छ । उनकी छोरी संगीताको २९ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित संगिताको पोर्चुगलको राजधानी लिस्बनमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको निधन भएको माओवादी केन्द्रका नेता एवं वाईसीएल अध्यक्ष सुवोध श्रीपालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot