Logo

नागरिक समाजका अगुवा दीक्षितको प्रतिक्रियाः ‘सुहाङ नेम्वाङले जित्दा खुब खुसी लाग्यो’



काठमाडौं, १९ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले इलाम–२ मा सुहाङ नेम्वाङ विजयी हुँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले योङ्ग, पढेलेखेको, काम गर्न सक्ने मान्छेले चुनाव जितेको भन्दै खुसी व्यक्त गरे । साथै, सुरुदेखि नै आफ्नो इच्छा र समर्थन सुहाङलाई नै भएको उनको दाबी छ ।

‘जे आउन पर्ने आएको छ । मेरो पनि त्यही इच्छा थियो, समर्थन त्यही थियो कि सुवास नेम्वाङको छोराले जित्नुपर्छ । सुवास नेम्वाङ ज्यादै असल मान्छे ।’ उनले भने, ‘नेपालको लागि राम्रो काम गरेको व्यक्ति हो । त्यस्तो मान्छेको छोरा, योङ्ग मान्छे, लयर छ । योङ्ग, पढेलेखेको, काम गर्न सक्ने मान्छे आउन् भन्छौं हामीहरु, आयो खुब खुसी लागेको छ मलाई ।’

गत वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा उपनिर्वाचन सम्पन्न भएको थियो । उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङले विजयी हासिल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot