Logo

नागरिक समाजका अगुवा दीक्षितको टिप्पणीः ‘कांग्रेसलाई देउवाले खत्तम पारे’



काठमाडौं, १९ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले शेरबहादुर देउवाकै कारण नेपाली कांग्रेस कमजोर बनेको आरोप लगाएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवाकै कारण कांग्रेस खत्तम भएको दाबी गरेका हुन् । आगामी निर्वाचनसम्म देउवाकै नेतृत्वमा जाने हो भने कांग्रेसले ठूलो हार व्यहोर्नुपर्ने उनको भनाइ छ ।

‘कांग्रेस कमजोर भएको नेतृत्वले हो । देउवाले कांग्रेसलाई खत्तम पारे । देउवा र उनकै आशेपाशेको नेतृत्वमा कांग्रेस गयो भने निर्वाचन पूरै हार खान्छ,’– उनले भने ।

ग्रास रुटमा नेकपा (एमाले) ले आफ्नो क्षेत्र बनाएको भन्दै उनले प्रशंसा गरे । अब प्रचण्डलाई छाडेर एमाले आफैं अगाडि बढ्नुपर्ने उनको भनाइ छ । एमाले अब एक्लै हिँड्न नसकेको खण्डमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्नचिन्ह खडा हुने उनको भनाइ छ ।

साना–साना दल मिल्दा सरकार अस्थिर बनेको बताउँदै उनले अब एमाले–कांग्रेस मिल्नु आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot