Logo

राजेन्द्र लिङ्देन र कमल थापाको एजेण्डालाई मतदाताको रातो झण्डा



काठमाडौं,१९ वैशाख । हालै सम्पन्न पनिर्वाचनमा राजतन्त्र पक्षधरका उम्मेदवारको कन्तविजोग भएको छ ।

गत शनिबार भएको इलाम २ को संसदीय निर्वाचन र बझाङ प्रदेश सभाको उपनिर्वाचनमा राजावादीको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालका उम्मेदवारले शर्मनाक हार मात्र भोगेनन् जमानतसमेत जफत गरे ।

यस उपनिर्वाचनमा राजावादीका उम्मेदवारले सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्म नराम्ररी हार खाँदा राजतन्त्रको कट्टर विरोध दल नेकपा एमालेले विजयको झण्डा फहराएको छ । व्यवस्था परिवर्तनको नारासहित राजनीति गरिरहेका राप्रपा र राप्रपा नेपालले उपनिर्वाचनमा आफ्ना उम्मेदवारले जित्ने दाबी मौन अवधिको दिनसम्म पनि गर्दै आएका थिए ।

इलाम २ मा राजेनद्र लिङ्देन नेतृत्वको राप्रपाले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको थियो । उनको पक्षमा भोटमाग्न राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही इलाममै जरो गाडेर बसेका थिए । विभिन्न मिडियाहरुमा अन्तरवार्ता दिँदै शाहीले इलामले यसपटक चमत्कार गर्ने दाबी गरेका थिए । शाही त्यतीमा मात्र रोकिएका थिएनन् । घोषणा नै गरे इलाममा राप्रपाले ७ हजार मत कटाउँछ । रास्वपा पाँचौ दल बन्दा हामी प्रतिस्पर्धामा आउँछौं ।

तर, शाहीको उद्घोषलाइ मतदाताले रातो झण्डा देखाईदिएका छन् । इलाममा खसेको कुल ६९ हजारभन्दा धेरै मतमध्ये राप्रपा उम्मेदवार गुरुङले ४०४ मत ल्याउँदा कमल थापाको पार्टी राप्रपा नेपालका उम्मेदवार गणेश चौहानले ४३ मत ल्याय ।

उता सुदूरपश्चिमको बझाङमा त थापा नेतृत्वको पार्टीले उम्मेदवार नै पाएन भने राप्रपाबाट उम्मेदवार बनेका किशोर खड्काले २४१ भोट ल्याए । राप्रपाले पछिल्ला दिनमा गणतन्त्र फ्याँकेर राजतन्त्र फर्काउने एकसुत्र एजेण्डा लिँदै आईरहेको छ । यसबाट पनि के बुझ्न सकिन्छ भने नागरिक गणतन्त्रकै पक्षमा छन्, राजतन्त्र फर्काउने पक्षमा छैनन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot