Logo

नेपालले टस हार्‍यो पहिला फिल्डिङ गर्ने, रोहितलाई विश्राम दिँदा दीपेन्द्रले कप्तानी गर्ने



काठमाडौं । टी-२० सिरिजअन्तर्गत वेस्टइन्डिजविरुद्धको तेस्रो खेलमा नेपाली टोलीले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपाल बलिङमा उत्रिन लागेको हो । आजको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्। नेपालले आज नियमित कप्तान रोहित पौडेललाई विश्राम दिएको छ ।

खेलमा नेपालले कप्तानसहित चार खेलाडी परिवर्तन गरिएको छ। आजको टिममा विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरी रहेका छन्।

अघिल्लो खेल खेलेका रोहित पौडेल, सोमपाल कामी, आकाश चन्द र कुशल भुर्तेल बाहिरिएका छन्। 

यसअघि शनिवार भएको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल वेष्ट इन्डिज ए ले १० रनले जितेको थियो । सिरिज १-१ को बराबरीको अवस्थामा रहेको छ ।

नेपाली टोली :

अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।



प्रतिक्रिया दिनुहोस्

Screenshot