Logo

नेपालबाट सुरू भयो भारतको चर्चित फर्च्यून होटेल्स्को अन्तर्राष्ट्रिय यात्रा



भक्तपुर । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरू गरेको छ । भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चाालकहरूले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रूपमा भारतीय होटल संजालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास जनाएका छन् ।

उद्घाटन समारोहमा फर्च्यून होटेल्स्का प्रवन्ध निर्देशक समिर एमसीले ०८१/८२ को सुरूवातमै फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गरे ।

‘भारतबाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरूवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौं । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौं र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुंगा हो । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरूले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरूको पहिलो रोजाईमा पर्छ । त्यसैले हामी हाम्रो सञ्जालमा प्रयोग गर्दै फर्च्यून होटेल्स्को सुविधाहरू नेपालमा ल्याउन चाहन्छौं ।’

हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता जनाउँदै उनले थपे, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरू गर्दै-गर्दा सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौं । विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ । यो अवधारणाले नेपाल आउने पर्यटकको वेल-बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ ।’

शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास सञ्चालकको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्यधिक आरामदायी बनाइएको छ ।

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधा उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।

शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन् । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ । थरिथरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न कुनै कसर बाँकी राखेको छैन ।

थुप्रै फराकिलो ब्यांक्वेवटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ । रिसोर्टमा ८ हहजार वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ । उत्कृष्ट इभेन्ट गन्तव्यको रूपमा यहाँ करिब ६ सय पाहुना आरामले आँट्ने सञ्चालकले जनाएका छन् ।

रिसोर्टमा पार्टी र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ । ठूला सामाजिक कार्यहरु, सम्मेलनहरू र विशेष जमघटहरू आयोजना गर्नका लागि सुन्दर ढङ्गले बनाइएको र उपयुक्त रूपमा सुसज्जित रिसोर्ट सबै उत्सवहरूको लागि उत्कृष्ट गन्तव्य हुनसक्छ ।

फर्च्यून होटेल्स्सँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, ‘फर्च्यून होटेल्स्सँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौं । फर्च्यून होटेल्स् एक चर्चित होटल संजाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो । फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ । हामी आतिथ्यताको पभिाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुर्‍याउनेछौँ ।’

काठमाडौंबाट २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दूरीमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थल पनि सहजै पुग्न सकिन्छ । साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरुमाझ उत्कृष्ट गन्तव्यको रुपमा रहेको नेपालको आतिथ्य संस्कारमा एउटा अर्थपूण छाप छोड्ने विश्वास लगानीकर्ताको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot