Logo

आफ्नै पार्टीकी सांसद सहकारी ठगीमा मुछिएपछि ज्ञानेन्द्र शाहीले खोले मुख



काठमाडौं । राप्रपा सांसद गीत बस्नेतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नवलपुरस्थित छिपछिपे सहकारीको बचत अपचलनको आरोपमा सांसद बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

यता केही समयदेखि सहकारी ठगी प्रकरणमा सदनमा उग्ररुपमा देखा परेका राप्रपाले आफ्नै पार्टीका सांसद सोही प्रकरणमा मुछिएपछि मुख खोलेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दोषी जुनसुकै पार्टीको भएपनि कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

‘यो देशका गृहमन्त्री देखि विभिन्न राजनीतिक पार्टीका मान्छेहरु सहकारीको ठगि प्रकरणमा मुछिएका छन्’ शाहीले भनेका छन् ‘यसैबीच नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गरिएको छ । यसको निष्पक्ष रुपमा छानबिन गरि दोषी उपर कडा कारबाही हुनुपर्ने हाम्रो माग छ । सहकारीमा जनताको रकम ठगी गर्नेहरु जुनसुकै पार्टीका भए पनि उनीहरु देशका दुस्मन हुन । जनताका दुस्मन हुन । उनीहरुलाई कुनै पनि हालतमा छोड्न हुँदैन । उनीहरु सबै कानुनी दायारामा आउनै पर्छ । कानुनभन्दा माथी राजनीतिक पार्टी र तिनका नेताहरु कदापी हुन सक्दैनन्’ ।

छिपछिपे सहकारीबाट १६ करोड ६९ लाख रकम हिनामिना भएको उजुरी प्रहरीमा परेको छ। 

सो रकम सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा लगानी गरेको पाइएपछि उक्त प्रकरणमा सांसद बस्नेत पनि तानिएकी हुन्। 



प्रतिक्रिया दिनुहोस्

Screenshot