Logo

यसरी मनाइयो काठमाडौंमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (फोटोफिचर)



काठमाडौँ, १९ वैशाख । आज १३५औं विश्व श्रमिक दिवस । विभिन्न श्रमिक संगठनहरुले विश्व श्रमिक दिवस भव्यताका साथ मनाएका छन् । काठमाडौंमा पनि विभिन्न संगठनहरुले श्रमिक दिवस मनाएका छन् । भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी विभिन्न संगठनहरुले श्रमिक दिवस अर्थात ‘मे डे’ मनाएका छन् ।

नेपाल स्वाथ्यकर्मी युनियन, नेपाल ट्रेड युनियन महासंघ, राइडर्स युनियन नेपाललगायतका संगठनमा आवद्ध मजदुरहरु श्रमिक दिवसका अवसरमा आयोजित ¥यालीमा सहभागी थिए ।

श्रमिकहरुले साहस र सङ्कल्पका साथ लडेर आफ्ना अधिकार प्राप्त गरेको दिनको स्मरणमा ‘मे डे’ मनाउने गरिन्छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरले गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा संसारभर श्रमिक दिवस मनाउन थालिएको हो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्