Logo

वेस्टइन्डिको विशाल लक्ष्यविरुद्ध नेपाललाई पहिलो झड्का



काठमाडौं,१९ वैशाख । टी-२० सिरिजअन्तर्गत वेस्टइन्डिजले दिएको विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवाती झड्का लागेको छ ।

खेलको ३।६ ओभरमा फबिएन एलेनको बलमा विनोद भण्डारी आउट भएका छन् । स्वीप खेल्ने धुनमा विकेटकिपर विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९ रनमा क्याच आउट भएका हुन् । ताजा अवस्थामा नेपालले ४ ओभरमा १ विकेट गुमाएर ३३ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot