Logo

अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन, अविश्वासको प्रस्ताव आयो भने सोचौंलाः मुख्यमन्त्री कार्की



काठमाडौं, १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले अहिले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको बताएका छन् । आज (बुधबार) नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले एक पटक विश्वासको मत पाएपछि दुई वर्षसम्म विश्वासको मत लिन नपर्ने बताएका हुन् । उनले आफूले विश्वासको मत लिनका लागि प्रदेश सभामा अविश्वासको प्रस्ताव आउन पर्ने स्मरण गराउँदै संविधानले दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन रोक लगाएको बताए ।

‘संविधानले जे भन्छ मैले त्यही गर्छु । संविधानले दुई वर्षसम्म विश्वासको मत लिन पर्दैन भनेर घोषणा गरेको छ । दुई वर्षसम्म अब मैले विश्वासको मत लिनुपर्ने छैन । अविश्वासको प्रस्ताव आयो भने त्यतिखेर मैले गरौंला,’– उनले भने, माथि (संघीय सरकारमा) हाच्युँ आयो भन्दैमा यहाँ ओहो मेरो नेतालाई त हाच्यूँ आएछ भनेर मुटु नै छामेर आईसीयूमा जानु जरुरी छैन । यो संविधानलाई हामी फेल गराउन चाहँदैनौं । यो संविधानमा जनताको रगत छ भन्ने कुरा महसुश गर्न जरुरी छ ।’

मैले राजीनामा गर्दिउँला । चेरापुञ्जीको मौसमजस्तो छ नेपालको राजनीति, काठमाडौंमा अर्को फेरियो भने के गर्नुहुन्छ तपाईँहरु ? साथै, संविधानलाई सही ढंगले प्रयोग गर्न उनले आग्रह गरे । उनले संविधानलाई दुषित गर्न नहुने बताए । साथै, सबै दललाई सरकारमा सहभागी हुनसमेत उनले आह्वान गरे । सरकार बनेको उद्देश्यअनुसार सहभागी भएर जनताको जनजीवनमा सकारात्मक परिवर्तन हुने गरी काम गर्न उनले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot