Logo

पत्रकार रिजालमाथि भएको आक्रमणको प्रयासप्रति महासंघको ध्यानाकर्षण



काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजाललाई विजय माली भन्ने व्यक्तिले सांघातिक आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

वैशाख १८ गते मंगलबार पत्रकार रिजाललाई क्षेत्रपाटी चोकमा बाटो छेकेर मालीले धम्क्याउदै आक्रमणको प्रयास गरेको महासंघ काठमाडौं शाखाले जनाएको छ ।

जुनसुकै बहानामा भए पनि पत्रकारमाथि भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेसविरोधी रहकेो महासंघको भनाइ छ । महासंघले प्रेसविरोधी घटनामा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्