Logo

काठमाडौं महानगरद्वारा आयोजित सीप मेला सुरु, तालिममा सहभागी हुन पाँच हजारले भरे फारम



काठमाडौं, १९ वैशाख । काठमाडौं महानगरपालिकाद्वारा आयोजित निःशुल्क दिइने ‘सिपमूलक तालिम’ आजबाट सुरु भएको छ । काठमाडौंको टुँडिखेलमा सुरु भएको सीप मेलाको उद्घाटन उपमेयर सुनिता डङ्गोलले गरिन् ।

सीप मेलाको उद्देश्य ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउने रहेको महानगरले जनाएइको छ ।

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराइने बताइएको छ ।

तालिममा सहभागी हुनका लागि महानगरले दुई हजार ८१ जनाको आवेदन आह्वान गरेकोमा पाँच हजारले फारम भरेको बताइएको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot