Logo

सबैको सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धतासहित दमनले मतदातालाई दिए धन्यवाद



काठमाडौं, १९ वैशाख । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्य दमन भण्डारीले मतदातालाई धन्यवाद दिँदै सबैको सुझाव लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (बुधबार) विज्ञप्ति जारी गर्दैै उनले प्रदेश सभा सदस्यको उपनिर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गरेका हुन् ।

साथै, उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धादलीरहित रुपमा सम्पन्न गर्न अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, निर्वाचन कार्यालय, प्रशान तथा सुरक्षाकर्मी र सम्पुर्ण पार्टी नेता कार्यकर्ता, संञ्चार कर्मी पत्रकार, नागरिक समाज, प्रतिस्पर्धी राजनितिक दलप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले निर्वाचनमा प्रतिस्पर्धी दलहरुका नेता कार्यकर्ता र उम्मेदवारले देखाएको लोकतान्त्रीक आचरण र व्यवहारप्रति पनि आभार व्यक्त गरेका छन् ।

उनले भविष्यमा सबैपक्षसँग हातेमालो गर्दै जिल्लाको समग्र विकास, सबैको सुझाव सल्लाह लिएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले आफ्नो तर्फबाट कसैप्रती पक्ष विपक्षको व्यवहार नरहनेसमेत बताएका छन् । उनले सबै पक्षको सुझाव सल्लाहको अपेक्षा गरेको पनि बताएका छन् । गत वैशाख १५ गते सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा भण्डारी विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्