Logo

खानेपानीका लागि अब कसैले पिठ्युँमा गाग्रो बोकेर हिँड्नुपर्दैनः मन्त्री राई (भिडिओसहित)



काठमाडौं, २० वैशाख । खानेपानीमन्त्री राजेन्द्र राईले अब देशभर कसैले पनि खानेपानीका लागि पिठ्युँमा गाग्रो बोकेर हिँड्नु नपर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार देशभर खानेपानी समस्या समाधानका लागि लागिरहेको बताएका हुन् ।

‘अब मेरो पालामा देशभरीका हाम्रा आमा दिदीबहिनीहरुले पिठ्युँमा गाग्रो बोकेर हिँड्न पर्दैन । त्यसको नीति बनाएर हामी अगाडि बढेका छौं । लाइन लागेर बस्ने स्थिति छ । त्यसको पनि अन्त्य गर्ने पक्षमा हामी छौं,’– उनले भने ।

सरकारले जनतालाई सरल ढंगले खानेपानी उपलब्ध गराउने वातावरण निर्माण गरिरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot