Logo

राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश



काठमाडौं,२० वैशाख । वैशाख १५ मा सम्पन्न उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेश गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।

यही वैशाख १५ गते शनिबार इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उपचुनाव भएको थियो ।

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ र बझाङमा पनि एमालेकै दमन भण्डारी निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot