Logo

चलचित्र ‘ऐरी’मा ‘जवान’ अभिनेता सांगे अनुबन्धित



काठमाडाैं । भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । नेपाली चलचित्र ‘ऐरी’मा उनले काम गर्ने भएका हुन् । सांगे र चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापाबीच बुधबार लिखित सम्झौता भएको छ ।

उनले नेपाली सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । उनले भने, “मैले यो फिल्ममा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । मलाई योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पूरा हुँदै छ ।”

नायक प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । यो चलचित्र नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । ‘ऐरी’मा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।

चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot