Logo

रवि लामिछानेको जतिनै तथ्यका आधारमा राप्रपाकी सांसदलाई पक्राउ पुर्जी जारी भएको होः वरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौं, २० वैशाख । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष दलले गृहमन्त्रीमाथि नै प्रश्न उठाएपछि सत्तारुढ दलहरु उदार भएर संसदीय समिति बनाउन उपयुक्त हुने बताएका हुन् ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘‘यो छानविन गर्ने कुरा कुनै पनि विषयमा सांसदहरु, मन्त्री र गृहमन्त्रीको विषयमा प्रमुख प्रतिपक्षीजस्तो जिम्मेदवार दलले छानविनको कुरा उठाइसकेपछि त्यसमा सत्तारुढ दल उदार हुनुपर्छ । त्यसले नै संसदीय व्यवस्थाको गरिमा बढाउँछ । अहिलेका गृहमन्त्रीको हकमा जति तथ्यहरु बाहिर आएका छन्, अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एक जना सांसदको हकमा अदालतले पक्राउ पुर्जी जारी गरिसक्यो ।’

रवि लामिछाने वा अरु त्यस्तै तथ्य बाहिर आएकाहरुको हकमा छानविन समिति नै गठन गर्न हुँदैन भन्ने विषय चाहीँ न्यायोचित नहुने उनको भनाइ छ । विवाद जन्माउनका लागि जन्माइदिएर हरेक मन्त्री र प्रधानमन्त्रीको विरुद्धमा संसदीय छानविन समिति गठन गर्दै जाने हो भने स्थिरता के होला भन्ने विषयमा चाहीँ चिन्ता लिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्