Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता, कुशलले लिए चार्ल्सको विकेट



काठमाडौं, वैशाख २० । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच टी–२० सिरिजको चौथो खेल जारी छ। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेष्ट इन्डिजले दोस्रो विकेट गुमाएको छ ।

खेलको ९.६ ओभरमा कुशल भुर्तेलको बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ५८ रन जोड्दै आउट भए । ३० बलको सामना गरेका उनले ६ छक्का र ३ चौका हिर्काए । ताजाम अवस्थामा १० ओभरको खेल सकिँदा वेष्ट इन्डिजले १०१ रन जोडेको छ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot