Logo

वेष्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई २१०रनको विशाल लक्ष्य, चार्ल्स र फ्लेचरको अर्धशतक



काठमाडौं, वैशाख २० । जोनसन चार्ल्स र आन्द्रे फ्लेचरको उत्कृष्ट अर्धशतकको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले चौथो टी–२० सिरिजमा नेपाललाई २१० रनेका विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गमाएर २०९ रन जोड्यो ।

वेष्ट इण्डिज ‘ए’का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन, जोनसन चार्ल्सले ५८ रन,फाबिएन एलेनले ३३ रन, अथान्जे जिसीले ५ रन र केसी कार्टी ४ रनको योगदान गरे।

नेपालका लागि कुशल भुर्तेलले २ विकेट र प्रतिश जिसीले एक विकेट लिए। नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ। सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ। 

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot