Logo

वेस्ट इन्डिज ‘ए’विरुद्ध रन नजोड्दै नेपाललाई पहिलो झट्का



काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ ले दिएको विशाल लक्ष्यविरुद्ध जवाफ ब्याटिङमा उत्रिएको नेपालले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलको दोस्रो बलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् । उनी शून्य रनमा आउट भए । विकेटकिपर ब्याट्सम्यान आसिफ पहिलो ओभरको दोस्रो बलमै पेभेलियन फर्किए । उनले खातासम्म खोल्न सकेनन् । उनलाई क्यारेबियन टोलीका बलर म्याथ्यू फोर्डले बोल्ड गरेका हुन् ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot