काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ ले दिएको विशाल लक्ष्यविरुद्ध जवाफ ब्याटिङमा उत्रिएको नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलको ४।१ ओभरमा फबिएन एलेनको बलमा कुशल भुर्तेल र ४।५ ओभरमा एलेनको बलमा कुशल मल्ल आउट भएका हुन् भुर्तेल १ र मल्ल ४ रनमा आउट भए ।
निकै खराब सट खेल्दै कुशल मल्ल ४ रनमा पेभेलिएन फर्किएका हुन् । फबिएनलाई एकै ओभरमा दुई विकेट प्राप्त भएको छ ।
सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।