Logo

पत्रकार शर्माद्धयलाई मातृशोक



काठमाडौँ,२० वैशाख । राष्ट्रिय समाचार समितिको अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका उपसम्पादक दिलीप शर्मा र खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । उनीहरुकी आमा डिलकुमारी शर्माको ८० वर्षको उमेरमा आज निधन भएको छ ।

करिब छ महिनाअघि मस्तिष्काघात भई उपचाररत शर्माको आज बिहान ९ बजे काठमाडौँको कागेश्वरी–मनहरा नगरपालिका, मूलपानीस्थित निवासमा निधन भएको हो ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ वरडाँडा निवासी शर्माको जन्म विसं २००२ पुसमा भएको थियो । दिवङ्गत शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

स्वर्गीय शर्माका सात छोरा छन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot