Logo

वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक



काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ ले दिएको विशाल लक्ष्यविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

रोहितले ३५ बलमा ६ चौका र २ छक्का हिर्काउँदै ५४ रन जोडेका छन् । ताजा अवस्थामा ११ ओभरको खेल चलिरहँदा ४ विकेट गुमाएको नेपालले ९० रन जोडेको छ ।

सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडि रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot