Logo

गल्याङ नगरपालिकाका सिनियर अहेव भट्टराईकै सर्टिफिकेट नक्कली, अख्तियारले हाल्यो मुद्दा



काठमाडौं । गल्याङ नगरपालिका, स्याङजाका सिनियर अहेव (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाईएको छ । अख्तियारले आज भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

भट्टराईको एसएलसी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भट्टराईले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी नेपाल सरकार अन्तर्गत ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा नियुक्ति लिई तह(तह हुँदै सिनियर अहेव सम्म बढुवासमेत भई ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिँएको अख्तियारको दाबी छ ।

अख्तियारले भट्टराईलाई भ्रष्टाचार निवारण ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप- पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्