काठमाडौं । पूर्व मन्त्री प्रभु साह नेतृत्वको पार्टी आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले आज भन्सार बिभाग घेराउ गरेको छ ।
भन्सार कानुनमा रहेको लूटकारी प्रावधानकोविरुद्ध चौथो चरणको आन्दोलनको घोषणा सहित भन्सार बिभागमा धर्ना एवं घेराऊ गरेको हो ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन झण्डै ६ महिना देखि आजपाले निरन्तर संघर्ष गर्दै आएको छ । गत साता आजपाले भन्सार विभागका महानिर्देशकलाई सचेतनापत्र समेत बुझाएको थियो ।