Logo

आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय



काठमाडौं, २० वैशाख । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बजेट अधिवेशन आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भनिन्, ‘२०८१ साल वैशाख २८ गते शुक्रबारका दिन अपराहन्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot