काठमाडौं,२१ वैशाख । आज विश्वासको मत लिन लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्रि पार्टीको रेशम चौधरी पक्षले ह्वीप जारी गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।
मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ ।आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो ।
तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन । एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि आज प्रदेश सभा बैठक नै नबस्न सक्ने बताइएको छ ।