काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी मूख्यालय बनस्थलीमा बैठक दिउँसो सवा ४ बजेका लागि बोलाईएको रास्वपाले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ ।
गत शनिबार भएको इलाम २ को उपनिर्वाचनमा रास्वपाले शर्मनाक हार ब्यहोरेको थियो । नेकपा एमालेका सुहाङ नेम्वाङले २७,७,७३ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो भएका थिए । उनको ५०५० भोट आउँदा जमानत नै जफत भएको थियो ।