Logo

परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि पूर्वशिक्षकबाट गोली प्रहार



काठमाडौं, २१ वैशाख । कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी उदयपुरकी एनिका गजमेरमाथि पूर्वशिक्षकले गोली प्रहार गरेको खुलेको छ । गम्भीर घाइते भएर दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत एनिकाको शरीरबाट गोली निकालिएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । एनिकाले आफूमाथि पूर्वशिक्षक अमितकुमार यादवले गोली प्रहार गरेको बताएकी छन् । गोली प्रहार गर्नुको कारण भने खुलिसकेको छैन ।

दमकमा डेरा गरेर बस्दै आएकी १७ वर्षीया अधिकारीमाथि दमक–५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि बाटोमा ढुकेर बसेका यादवले गोली आज दिउँसो गोली प्रहार गरेका थिए । गोली हानेर फरार भएका यादवको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्