Logo

प्रधानमन्त्री खान माधव नेपाल हर्‍याकहर्‍याक गरिरहेका छन्, म चाहीँ दौडमा छैनः ओली



काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । आज (शनिबार) एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री पद नपाएर दमको विरामीजस्तै हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरेका हुन् ।

‘देश प्रधानमन्त्री हुनमात्रै हो ? प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्,’– उनले भने । आफूले प्रधानमन्त्रीको नेतृत्व छाडेको तीन वर्षभित्र देशको अर्थतन्त्र ध्वस्त नै भएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot