Logo

वन डढेलो नियन्त्रण गर्दै तत्काल उद्दार र राहतमा जोड दिन सरकारलाई नेविसंघको ध्यानाकार्षण



काठमाडौं, २३ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वन डढेलोको प्रभावकारी नियन्त्रण, तत्काल उद्धार र राहत वितरण कार्यमा अति संवेदनशील भएर लाग्न सरकारसँग माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो ।

साथै, नेविसंघले समयमै गृह प्रशासन र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो नियन्त्रणमा ठोस योजना बनाई घटनाको पूर्वानुमान गरि प्रकोप रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनको पर्याप्त तयारी गर्नु आवश्यकता औंल्याएको छ ।

सम्बन्धित जिल्लाका नेविसंघ केन्द्रीय सदस्य, जिल्ला कार्यसमिति, क्याम्पस इकाईमा आवद्ध भएकाहरुलाई स्वयंसेवक बनी सुरक्षा निकाय, स्थानीय तहसँग सहकार्य गरि नियन्त्रण, उद्धार र राहत कार्य सघाउन र नियन्त्रण गर्ने विधि, न्यूनिकरणका उपायहरु बारे सचेतना मुलक कार्यक्रम समुदायमा लैजान पनि केन्द्रीय समितिले निर्देशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot