Logo

मुख्यमन्त्री अधिकारीलाई सकस: तटस्थ बस्ने राप्रपाको निर्णय



काठमाडौं, २३ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । गण्डकी प्रदेश सभाको प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । राप्रपा सचेतक विन्दु पहाडीले आफूहरु तटस्थ बस्ने निर्णय भएको बताईन् ।

कूल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक छ । मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादीका (सभामुख बाहेक) ७ र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot