Logo

सन्दीपको मुद्दामा आगामी जेठ १ गते पेशी



काठमाडौं, २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आगामी जेठ १ गते पेशी तोकिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गएका थिए । उनको उक्त पुनरावेदन मुद्दामा आज पेशी भएपनि न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित भएको थियो ।

उनको मुद्दामा आज मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएपनि यसअघिको सुनुवाइमा न्यायधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएको कारण हेर्न नमिल्ने सूचीमा परेको हो । झगडिया झिकाउने आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै अर्को सुनुवाइ नगर्ने अभ्यास छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot