Logo

विकास र समृद्धिमार्फत प्रदेशको औचित्यतामाथि उठेका प्रश्नको जवाफ दिन विश्वासको मत दिनुस्ः मुख्यमन्त्री अधिकारी



काठमाडौं, २३ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । उनले आज (आइतबार) जारी प्रदेश सभाको बैठकमा प्रदेशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि विश्वासको मत दिन आग्रह गरे ।

‘गण्डकी प्रदेशमा राजनीतिक स्थायित्वसँगै समग्र विकास र समृद्धिमार्फत प्रदेशको औचित्यतामाथि उठेका प्रश्नको जवाफ दिन मेरो नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत प्रदान गर्न आवश्यक छ । तसर्थ, गण्डकी प्रदेश सभाका सम्पूर्ण माननीय समक्ष विश्वासको मत मागेको छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot