Logo

अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको कार्यसमिति (सूचीसहित)



काठमाडौं, २३ वैशाख । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) को ३१ सदस्य कार्यसमिति गठन भएको छ । आज (आइतबार) राईको नेतृत्वमा कार्यसमिति गठन भएको हो ।

राईलाई नयाँ दल दर्ता गराउँदा १२ मध्ये ७ जना सांसदहरुले साथ दिएका छन् । पार्टीको नाम जनता समाजवादी पार्टीमात्रै राखेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको दलको नाम भने जनता समाजवादी पार्टी, नेपाल छ । राईको नेतृत्वमा दर्ता भएको पार्टीको नाममा नेपाल भने राखिएको छैन् ।

उक्त पार्टीको संघीय परिषद् अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । त्यसैगरी, रेणुकुमारी यादव सह–अध्यक्ष, नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र शुशिला श्रेष्ठ उपाध्यक्ष रहेका छन् । महासचिवमा मो.इस्तियाक राई, उप–महासचिवमा प्रदीप यादव रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot