Logo

गण्डकीका सभामुखको बलमिच्याईं, ६० सदस्यीय प्रदेश सभामा ३० लाई नै बहुमत घोषणा



काठमाडौं, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले ३० मत पाउँदा उनले बहुमत घोषणा गरेका हुन् ।

उनलाई बहुमतका लागि ३१ मत आवश्यक हुन्थ्यो । उनले गत वैशाख १७ गते सर्वोच्च अदालतले गरेको व्याख्यालाई आधार मान्दै मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मत दिएको थिए । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्यो भने नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्यो ।

सभामुखको उक्त कदमलाई कांग्रेसले भने बलमिच्याईँको संज्ञा दिएको छ । साथै, सभामुखको उक्त कार्यविरुद्ध अदालत जाने कांग्रेसको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्