Logo

प्रधानमन्त्री बन्ने सपनामा तुषारापात आएपछि तनावमा माधव नेपाल, बोलाए संसदीय दलको बैठक



काठमाडौं,२४ वैशाख । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आह्वान भएको छ । आज बेलुका बस्नेगरि बैठक डाकिएको हो ।

सत्ता गठबन्धन भत्काउन लागेको भन्दै आइतबार मात्र जसपा नेपाल विभाजन भएपछि समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्रासमा छन् । जसपाभन्दा अघिनै समाजवादी पार्टी फुट्ने चर्चा चलिरहेको छ ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएका हुन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले यसअघि नै पाईसकेका छन् । नेपालले आजको बैठकमा सत्ता गठबन्धन भत्काउन खाज्नुको उदेश्यबारे आफ्ना सांसदलाई बुझाउने प्रयास गर्नेछन् ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल तनावमा परेका छन् ।

नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ कि बाहिरिनुपर्छ भन्नेबारे मतभेद रहँदै आएको छ । सम्मानीत नेता झलनाथ खनालसहितका नेताहरु गठबन्धनको पक्षमा छन् भने अध्यक्ष नेपाल जसरी भएपछि सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री हुने ध्याउन्नमा छन् ।

पछिल्लो समय अध्यक्ष नेपालले कांग्रेससहितको वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका छन् । सके माओवादीसहितको पुरानो गठबन्धन ब्युँताउने, नसके कांग्रेस, राप्रपा, जसपा, एस, जनमत, लोसपा र नागरिक उन्मुक्ति समेत मिलाएर वैकल्पिक गठबन्धन बनाउने उनको प्रयास छ । नयाँ गठबन्धन बनेमा एक वर्षका लागि आफू प्रधानमन्त्ती हुनेमा उनी ढुक्क थिए ।

तर, आइतबार आकस्मिक रुपमा जसपा फुटेपछि नेपाल तनावमा छन् । जसपाका १२ सांसदमध्ये ७ जना एक ठाउँमा पुगेपछि नयाँ बन्ने वैकल्पिक गठबन्धनलाई महुमत पुग्दैन् । पुरानो सत्ता समीकरण भत्किएर नयाँ सत्ता समीकरण बनेको दुई महिनामा नेपालले आफू प्रधानमन्त्री हुनका लागि गरेको प्रयत्नमा तत्कालका लागि ब्रेक लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot