Logo

‘वसन्त’ मार्फत निर्देशनमा ‘डेब्यू’ गर्दै प्रकाश सपूत



काठमाडौं– कलाकार प्रकाश सपूतले फिल्म निर्देशनमा डेब्यू गर्ने औपचारिक घोषणा गरेका छन् । आइतवार काठमाडौंमा आयोजित एक समारोहमा सपूतले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्मको शीर्षक ‘वसन्त’ भएको घोषणा गरेका छन् ।

मोहन विश्वकर्मा,अनुरोध भट्टराई तथा नेन्सी शेरचनको संयुक्त लगानीमा निर्माण हुने उक्त फिल्मले दलित युवकको प्रेम कथा बोल्ने छ ।

फिल्मको मुख्य भूमिकामा गायक सपूत नै प्रस्तुत हुनेछन् । उनलाई जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्काले साथ दिनेछिन् । गलबन्दी प्रमेडक्सनको प्रस्तुतिमा तयार हुने यो फिल्मको कथा पनि गायकबाट निर्देशक बन्न लागेका सपूतले नै तयार पारेका छन् ।

सुनिल विक मुख्य सहायक निर्देशक रहने यो फिल्ममा प्रकाश सपुतकै संगीत रहने छ । यो फिल्म यही वर्षको चैते दशैँमा प्रदर्शन गरिने बताइएको छ ।

समारोहमा फिल्मको शीर्षक घोषणा गर्नका लागि पौनै पाँच मिनेट लामो एउटा भिडियो प्रीमियर गरिएको छ । भिडियोमा फिल्ममा अभिनय गर्ने मुख्य कलाकारहरुलाई चित्रण गरिएको छ । फिल्ममा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेसहितका कलाकारले पनि अभिनय गर्नेछन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot