Logo

भीआईपीले हिरासत छलेर अस्पताल बस्ने दिन गए, बस्नै परे तीन बुँदे मापदण्डमा पर्नुपर्ने



काठमाडौं, २४ वैशाख । विभिन्न अभियोगमा पक्राउ परेका भीआईपीहरु प्रहरी हिरासत छलेर अस्पताल बस्न थालेपछि गृह मन्त्रालयले तीन बुँदे मापदण्ड जारी गरेको छ । आज (सोमबार) गृहले जारी गरेको मापदण्डअनुसार अभियुक्तले अब अस्पताल बस्नका लागि शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ रहेको हुनुपर्ने छ ।

साथै, दीर्घ रोगहरु उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर उपचार गर्नुपर्ने अवस्थामा मात्रै अस्पताल भर्ना हुनसक्ने मापदण्डमा उल्लेख छ ।

त्यस्तै, उक्त मापदण्ड लागू भएपछि अस्पताल लग्नुपर्ने विकल्पका रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने÷नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्ने छ ।

साथै, अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनु पर्ने व्यवस्था मापदण्डमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot