Logo

जसपा विभाजनपछि मधेश प्रदेश संसदीय दलको बैठक सम्पन्न, बहुमत सदस्य उपेन्द्रतिरै रहेको मुख्यमन्त्री यादवको दाबी



काठमाडौं । आइतबार मात्र पार्टी विभाजन भएपछि जसपा नेपाल मधेश प्रदेश संसदीय दलको बैठक बसेको छ । आज बिहान आकस्मिक रुपमा डाकिएको प्रदेश संसदीय दलको बैठकमा अधिकांश सांसद पार्टी विभाजनको विपक्षमा उभिएको मुख्यमन्त्री सरोजकुमार यादवले दाबी गरेका छन् ।

आज बसेको प्रदेश संसदीय दलको बैठकमा १६ जना सांसद उपस्थित भएको जसपाले जनाएको छ ।

यस प्रदेशमा जसपाका १९ सांसद छन् । दलको बैठकमा सांसदहरू सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह नआएका हुन् ।

बैठकमा ३ जना सांसदबाहेक सबैले उपेन्द्र यादवलाई साथ दिने निर्णय गरेको संस्थापन पक्षले दाबी गरेको छ । तर, नयाँ पार्टी गठन गरेका अशोक राईले आफ्नो पक्षमा कम्तिमा १२ जना सांसद रहेको दाबी गरेका छन् । स्रोतका अनुसार प्रदेश सरकारको निरन्तरता भएमा मुख्यमन्त्री यादव स्वयं राईले गठन गरेको पार्टीको पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot