Logo

विकसित परिस्थितिबारे माधवको ब्रिफिङ,भुसाल भन्छन्: पार्टीमा कुनै विवाद छैन्, फुट्ने कुरा सबै हल्ला हुन्



काठमाडौं,२४ वैशाख । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सम्पन्न भएको छ ।

नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि विकसित घटनाक्रमबारे छलफल भएको छ ।

बैठकमा एसका अध्यक्ष माधवकुमार नेपालले विकसित परिस्थितिबारे सांसदहरुलाई ब्रिफिङ गरेका छन् । सत्ता गठबन्धनमा असन्तुष्टि देखिरहँदा आइतबार एकाएक जसपा फुटेपछि एकीकृत समाजवादी त्रासमा छ ।

जसपा फुटेको केही दिनमै एकीकृत समाजवादीपनि फुट्ने आंकलन भईरहँदा नेपालले संसदीय दलको बैठक डाकेका हुन् ।

यता संसदीय दलको बैठकको बीचैमा बाहिरिएका उपाध्यक्ष डा बेदुराम भुसालले भने पार्टीमा कुनैपनि विवाद नभएको जिकिर गरेका छन् । ‘हाम्रो भित्र कुनै विवाद छैन । अनावश्यक हल्ला हो । बाहिर अनावश्यक हल्ला चलाएका छन् । कसले चलाएको हो थाहा छैन ?’, उनले भने

भुसालले आइतबार विभाजन भएको जसपा विभाजनले कुन रूप लिन्छ भन्नेमा सामान्य छलफल भएको बताए । ‘भर्खर निवेदन दर्ता मात्र भएको छ । कुन ऐन अन्तर्गत जाने हो कुनै टुङ्गो छैन । नियमावली हुन्छ कि हुँदैन, निर्वाचन आयोगले बोलेको छैन । अदालतमा प्रवेश गर्ला’ भुसालले भने । अरुको पार्टी जे भएपनि एकीकृत समाजवादी भने कुनै पनि हालतमा नफुट्ने उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot