Logo

वामदेवलाई एमालेमा फर्किने ढोका बन्द



काठमाडौं, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमलाई पार्टीमा नभित्र्याउने संकेत गरेका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै वामदेवले आफू एमालेमा फर्किन जिम्मेवारी पर्खेर बसेको बताएका थिए । सोही कार्यक्रममा उपस्थित रहेका ओलीले वामदेवलाई जवाफ दिँदै अहिले एमालेमा स्थान नदिने संकेत गरे ।

‘वामदेव कमरेडले कतिपय कुरा उठाउनु भएको छ । अहिले यो त्यस विषयमा छलफल गर्ने थलो होईन । त्यसकारण म त्यस विषयमा प्रवेश गर्दिन । पछि हामी उपयुक्त समयमा छलफल गर्नसक्छौं । म यति भन्नसक्छु, अहिले वामदेवजीको जुन भावना व्यक्त भएको छ, हिनताको भावना, त्यो सकारात्मक भावना हो । उहाँ राष्ट्रिय एकता अभियानको अध्यक्ष हुनुहुन्छ, यो महाअभियान सफल होस् । मेरो शुभकामना छ यहाँलाई,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot